जाजरकोटको कुशे गाउँपालिकामा काँग्रेसको सुरूआती अग्रता

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा नेपाली काँग्रेसले सुरूआती अग्रता लिएको छ । १०० मत गन्दा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार हरिचन्द्र बस्नेतले ३९ मत ल्याएका छन् भने, उपाध्यक्ष पदका उम्मेदवार देबिका सिंहले ४५ मत ल्याएकी छन् ।

यस्तै गठवन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार तप्त हमालले २८ मत प्राप्त गर्दा उपाध्यक्ष पदका उम्मेदवार विकास रोकायले २२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका प्रेम घर्ति र टिका वलीले समान २७ मत प्राप्त गरेका छन् । जाजरकोटमा नेकपा एकिकृत समाजवादी र नेकपा (माओवादी) बीच गठवन्धन बनेको छ ।