कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

कैलाली। कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । कैलारी गाउँपाकिलामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्र स्थानमा छन् । यसअघि विजयी भएका माओवादी केन्द्रका लाजुराम चौधरी भने एक सय ६३ मत ल्याएर तेश्रो स्थानमा छन् ।

कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ । आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले दुई सय ३३, नेपाली कांग्रेसले दुई सय ५१ र नेकपा माओबादी केन्द्रले एक सय ८२ मत पाएका छन् ।