रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राप्रपाका बराल विजयी

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितको प्यानल नै विजयी भएको छ । बराल १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी  भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६ मत ल्याएका छन् । बराल यसअघि पनि राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सदस्यमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याए ।