खाँडाचक्रमा एमालेका जसीप्रसाद पाण्डेकाे अग्रता

सुर्खेत । खाँडाचक्र नगरपालिकामा मेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार जसीप्रसाद पाण्डे ७२६ मतका साथ अग्रस्थानमा छन् । पाण्डेलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी ताराकुमारी शाहले ५२६ मत पाएकी छन् । पाण्डे र शाहबीचकाे मतान्तर २०० मत छ ।

यस्तै उपमेयरमा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) उम्मेदवार गणेश बहादुर शाहीले ६९५ मतले अग्रस्थानमा छन् भने कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मिनाकुमारी शाही ४२० मतले पाएकी छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार नेत्रराज शाहीले ३७३ मत पाएका छन् ।