दैलेखको भगवतीमाईमा अध्यक्षमा माओवादीका गणेश थापा विजयी

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । थापा २ हजार ८४६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवार दशरथ खड्काले २२०३ र एमालेकी शान्ति शर्माले १९३४ मत पाएका छन् । २०७४ मा नेकपा एमालेले जितेको भगवतीमाईमा यो पटक भने नेकपा माओवादीले जितेको हो ।

गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्काले २६८३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी माओवादीकी मनिषा सोनीले २२४७ मत पाइन् भने एमालेकी बसन्ता शाहीले एक हजार ९२२ मत पाएकी छिन् ।

यसअघि माओओवादीले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष पनि जितेको छ । २०७४ मा नौमुलेमा कांग्रेसले जितेको थियो ।