दैलेखकाे आठबीसमा प्रमुखमा बडुवाल र उपप्रमुखमा थापा विजयी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाको प्रमुख/उपप्रमुखमा बहुमत वडासहित एमाले विजयी भएको छ । एमालेबाट प्रमुखमा तर्कबहादुर बडुवाल विजयी भएका छन् भने उपप्रमुखमा कल्पनाकुमारी थापा विजयी भएकी छन् ।

बडुवालले ५ हजार ३ सय २७ मत प्राप्त गरेर विजयी भएका हुने भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रेमप्रकाश शाहीले ५ हजार ६६ मत ल्याएर पराजित भएका छन् ।

यस्तै उपप्रमुखमा एमालेका उम्मेदवार थापाले ५ हजार १ सय १३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिद्वन्द्वी निशा थापाले ४ हजार ९ सय ६५ मत ल्याएर पराजित भएकी छन् ।

साथै नेकपा एमालेबाट आठबीस नगरपालिकाको वडा नम्बर १ मा बमबहादुर रावत, २ मा कलम कामी, ४ मा टेकबहादुर माझी, ६ मा नवराज शर्मा र ८ मा अदल शाही विजयी भएका छन् । यस्तै, नेपाली कांग्रेसले ३ वडा जितेको छ । जसमा वडा नम्बर ३ मा नगेन्द्रराज कार्की, ५ मा बजर सिंह वि.क, ७ मा जैसिंह कठायत र ९ मा शेरबहादुर सिजापती विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि आठबीसको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । प्रमुखमा खड्काराज उपाध्याय ३ हजार ९ सय २७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका प्रेमप्रकाश शाहीलाई हराएर विजयी भएका थिए भने कांग्रेसका शाहीले ३ हजार ८ सय ८० मात्रै प्राप्त गरेका थिए । यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी दिपा बोहरा विजयी भएकी थिइन् । उनले ४ हजार १ सय ८७ मत प्राप्त गर्दै निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी गमता वि.कलाई पराजित गरेकी थिइन् । वि.कको ३ हजार ९ सय ९० मत पाएकी थिइन् ।