शिवालय गाउँपालिका उपाध्यक्षमा २४ वर्षीया शाही विजयी

जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् ।

सत्ता गठबन्धन दल नेकपा ( माओवादी केन्द्र) बाट उपाध्यक्षको उम्मेदवार बनेकी शाही निर्वाचित  बनेकी हुन् ।

शाहीले २६५९ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी नैनसरा शाहीले २४२९ मत ल्याएर पराजित भएकी छन् । शाही विद्यार्थी राजनीतिबाट सक्रिय अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।