राष्कोट नगरपालिकाको प्रमुखमा शाही र उप-प्रमखुमा बराल विजयी

कालीकोट। राष्कोट नगरपालिकाको प्रमुखमा (माओवादी केन्द्र) का उम्मेदवार धर्मराज शाही (पोषण) विजयी भएका छन् । उनले ३ हजार ४७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दयाराम सिम्खडाले २ हजार १ सय १७ मत प्राप्त गरेर पराजित भए ।

यस्तै उप-प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार मनिराज बराल विजयी भएका छन् । उनले २ हजार ८ सय ९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उमा शाहीले १ हजार ३ सय १ मत प्राप्त छ गरेकी छन् । रास्कोट नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन थियो ।

९ वडा रहेको नगरपालिकामा नेकपा माओवादी केन्द्रले ७ वडा, एकीकृत समाजवादी १ वडा र ,नेपाली काँग्रेसले १ वडा जितेको छ।