सुर्खेतको वीरेन्द्रनगरमा देखियो बर्डफ्लू

सुर्खेत । वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए ।

‘पशुपन्छी तथा रोग अन्वेशण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लू पुष्टी भएको पशुपन्छी विकास निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले बताए । पशु चिकित्सकको टोली त्यो क्षेत्रमा गएर थप अनुसन्धान शुरु गरेको जनाए ।

सूचना अधिकारी चपाइँकाअनुसार उक्त फर्ममा करिव साना ठूला एक हजार पाँच सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मार्ने तयारी भइरहेको चपाईँले बताए । उनले बर्डफ्लू देखिएको केन्द्रदेखी चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्न लागेको जनाए ।