रुस–युक्रेन युद्ध, युक्रेनीसहर सेभेरोदोेनेत्स्क पूर्णरुपमा रुसी सेनाको कब्जामा

  ।   १२ असार २०७९, आईतवार ०७:४५

सुर्खेत । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्क अब रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो ।

सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ ।



‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ ’, उनले भने ।रुसी र रुस समर्थक सैनिकहरूले एजोट प्लान्ट कब्जा गरेर त्यहाँ शरण लिइरहेका ८ सय सर्वसाधारणलाई खाली गरेका मस्कोलाई समर्थन गर्ने पृथकतावादीहरूले दावी गरेका छन् ।

एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् ।युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ ।

Next Post

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ता छन्, मुख्य एजेण्डा

१२ असार २०७९, आईतवार ०७:४५
सुर्खेत । आज संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । बजेट प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ […]