फेरि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

सुर्खेत। आज नेपाली सुन,चाँदी बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रहेको सुनको मूल्य आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।