बर्षाका कारण पहिरो खस्दा दाङ–सल्यान सडकखण्ड अवरुद्ध

सुर्खेत ।निरन्तर परेको अविरल बर्षाका कारण पहिरो खस्दा दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझ पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । सोमबार रातिदेखि नै पहिरो हटाउन प्रयास भए पनि पुनः पहिरो खस्दा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।