विषाक्त रक्सी सेवन गर्दा भारतमा सात जनाको मृत्यु

भारत । विषाक्त रक्सी सेवन गर्दा भारतमा सात जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार गुजरातस्थित बाटोद जिल्लामा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा पनि सात जनाको मृत्यु भएको हो ।

बाटोद जिल्लाको रोजिद गाँउमा सात जनाको मृत्यु भएको हो भने अन्य दश जनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।गुजरातका प्रहरी महानिर्देशक आशीष भाटियाले प्रहरीले तीन रक्सी तस्करलाई पक्राउ गरेको जुन नकली एवं स्वदेशी रक्सी बेच्ने काममा सक्रिय रहेको जानकारी दिएका छन् ।