कर्णाली प्रदेशमा ३ वर्षमा ९२९ सवारी दुर्घटना, ३९२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा तीन वर्षको अवधिमा ९२९ वटा दुर्घटना भएको ती दुर्घटनामा परि ३९२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७६–०७७, आर्थिक वर्ष २०७७–०७८ र आर्थिक वर्ष २०७८–०७९ मा ९२९ वटा सवारीसाधन दुर्घटनामा ३९२ जनाको मृत्यु भएको हो ।

आर्थिक ०७६–०७७ मा २३६, ०७७–०७८ मा २९१ र ०७८–७९ मा ४०२ दुर्घटना गरेर जम्मा ९२९ दुर्घटना भएको तथ्याङ्क छ । ती सवारी दुर्घटनामा परि आर्थिक ०७६–०७७ मा ९७ जना, ०७७–०७८ मा ९८ जना र ०७८–०७९ मा १९७ जना गरेर जम्मा ३९२ जनाले ज्यान गुमाएका छन् ।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष ०७६–०७७, ०७७७–०७८ र ०७८–०७९ मध्ये सबैभन्दा बढी सवारी दुर्घटना ०७८र०७९मा भएका छन् । सबैभन्दा कम सडक दुर्घटना ०७६र०७७ मा देखिन्छ । प्रतिशतका हिसावले हेर्ने हो भने आर्थिक वर्ष ०७६–०७७ भन्दा ०७७–०७८ मा ५ प्रतिशतले बढेको देखिन्छ र आर्थिक वर्ष ०७७–०७८ भन्दा ०७८–०७९ मा १२ प्रतिशतभन्दा बढी सवारी दुर्घटना भएको देखिन्छ । यसको मुख्य कारण आर्थिक वर्ष ०७६–०७७मा कोराना भाइरसको कारणले लकडाउन भएको बेला सवारीसाधन कम चलेकोले सवारी दुर्घटना कम भएको कर्णाली प्रदेश ट्राफिक कार्यालयको विश्लेषण छ ।

जिल्लागत हिसाबले तीन वर्षको अवधिमा सुर्खेतमा सबैभन्दा बढी १८७ र डोल्पामा सबैभन्दा कम हुम्लामा तीनवटा सवारी दुर्घटना भएका छन् । त्यस्तै, दैलेखमा ४४, जाजरकोटमा २६, सल्यानमा ५५, पश्चिम रूकुममा ३५, डोल्पामा ६, मुगुमा ७, जुम्लामा २३ र कालीकोट १७ गरेर ४०३ वटा सवारी दुर्घटना भएका छन् ।

दुर्घटनाको मुख्य कारण तीव्र गति
ट्राफिक कार्यालयले दुर्घटनाको कारणको आधारमा विश्लेषण सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने गरेको जनाएका छ । त्यस्तै, यान्त्रिक, सडकको अवस्था र लापरबाहीको कारणले ट्राफिक नियम उल्लंघनको कारणले दुर्घटना भएको जना जनाएको छ । तीनवटै आर्थिक वर्षमा दुर्घटना कारणको आधारमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने र दोस्रो कारण यान्त्रिक कारणले दुर्घटना हुने गरेको जनाएको छ ।

कर्णाली प्रदेशमा सवारी चाप, भौगोलिक अवस्था, कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा अभाव र आम जनमानसमा नियम पालना नगर्ने प्रवृत्ति ९सडक सुरक्षा सचेतनाको अभाव० कारण प्रदेशमा दिनानुदिन सवारी दुर्घटनाहरुबाट मृत्यु हुने र घाईते हुने संख्या बढ्दो रहेको कर्णाली प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा यस आर्थिक बर्ष २०७८–०७९ मा मानिस मृत्यु १९७ जना, गम्भीर घाइते ३६२ जना, सामान्य घाइते ५८८ जना भएका छन् । सवारी दुर्घटना संख्या ४०२ रहेको छ । साथै ४८१ वटा सवारी साधनहरुमा आंशिक तथा पूर्ण क्षति भएको प्रहरीको तथ्याङ्क छ।

सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर दिनानुदिन बढ्दै गएको पाइन्छ । यसबाट राज्यलाई पनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, बिमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि प्रहरी विश्लेषण रहेको छ ।

दुर्घटना कम गर्न यस्तो छ प्रहरीको सुझाव
ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्र बनाउनको लागि प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलन गरी सरोकारवाला निकायहरूलाई प्रतिबद्धता गराई कार्ययोजना बनाई निरन्तर रुपमा समन्वय, सहकार्य गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके कर्णाली प्रदेशमा हुने सडक दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिने सुझाव दिएको छ ।

त्यस्तै, समग्रमा कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्न गराउनु पर्ने साथै ट्राफिक सचेतनात्मक कार्यक्रमहरुलाई नियमित प्रभावकारी बनाउन नीतिगत रुपमा नै कार्यक्रम बजेटको विनियोजन हुने व्यवस्था मिलाइनुपर्ने आवश्यकता रहेको जनाएको छ ।