अमेरिकाको केन्टकीमा आएको भीषण बाढीमा परि १५ जनाको मृत्यु

अमेरिका । अमेरिकामा आएको भीषण बाढीका कारण १५ जनाको ज्यान गएको छ । केन्टकी राज्यमा आएको भीषण बाढीका कारण १५ जनाको ज्यान गएको हो । पूर्वी केन्टकीमा आएको बढी अहिलेसम्मकै भीषण भएको बताइएको छ ।

बाढी नियन्त्रणबाहिर जान लागेपछि सेनाको राष्ट्रिय गार्डलाई बोलाइएको छ । राज्यका आधा दर्जन काउण्टीमा आपतकालीन घोषणा गरिएको छ । उता पश्चिम भर्जिनियामा पनि राष्ट्रिय गार्डलाई बोलाइएको छ ।

बाढी नियन्त्रणको लागि युएच ६० एम ब्ल्याकहक्स र दुई वटा युएच ७२ लाकोटा विमानसहित दर्जनौं सैनिक त्यहाँ पुगेका छन् ।दुई दिनदेखिको वर्षाका कारण केन्टकी नदीको बहाव खतराको सतहभन्दा माथि पुगेको छ । स्थानीय समयअनुसार बिहीबार रातिदेखि उक्त अवस्थामा सामान्य कमी आएको छ ।