शिकागो । शिकागोमा आएको बाढीमा परि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । शिकागोको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् हो । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् ।
बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् ।पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ ।
ए.के. सञ्चार । १५ श्रावण २०७९, आईतवार १२:२८