रुसी मिसाइल आक्रमणमा दुई बालबालिका सहित १८ जनाको मृत्यु

सुर्खेत। आज बिहान युक्रेनी बन्दरगाह सहर ओडेसामा रहेको आवासीय भवनहरूमा रुसी मिसाइल आक्रमणमा दुई बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिल टिमोशेन्कोले दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको बताएका छन् । ओडेसा क्षेत्रीय सरकारका प्रवक्ता सेर्ही ब्राचुकले टेलिग्राम मेसेजिङ एपमा थप ३० जना घाइते भएको बताए।