यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुर्खेत । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२६.१८ पैसा र विक्री दर १२६.७८ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तै, युरो १ को खरिद दर १३१.५९ पैसा र विक्री दर १३२.२२ रुपैयाँ तोकेको छ ।

अष्ट्रेलियन डलर १ को खरिद दर ८५.९९ पैसा र विक्री दर ८६.४० पैसा रहेको छ ।जापानी येन १० को खरिद दर ९.३३ पैसा छ भने विक्री दर ९.३८ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.८३ पैसा र विक्री दर १८.९२ पैसा रहेको छ । कतार रियाल १ को खरिद दर ३४.४५ पैसा र विक्री दर ३४.६१ पैसा रहेको छ । साउदी अरब रियाल १ को खरिद दर ३३.६३ र विक्री दर ३३.७९ पैसा रहेको छ ।