रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु, २३ जना घाइते

सुर्खेत । आज रामेछापमा बस दुर्घटना हुृँदा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । सुनापती गाउँपालिकामा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको घाइते भएका छन् । उनीहरुको उद्धार गरेर धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।