आजबाट ङादी ग्रुप पावरको हकप्रद सेयर बिक्री खुला

सुर्खेत। आजबाट ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । हकप्रदमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ ।यस हकप्रद निष्कासनका लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १९ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ्र

यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।