महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

 बैतडी । शुक्रबार बैतडीका दुई किशोरी महाकाली नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे नहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका खबर गरिएको जनाइएको छ।किशोरी बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।