रुकुम पश्चिममा स्काईभेटर दुर्घटना, चालकको मृत्यु

रुकुम पश्चिम। सोमबार बेलुका रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुसीकोट नगरपालिका –२, राउखेतमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षिय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

पातुखोला–राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना हो । दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।