घट्यो सुनको मुल्य

  ।   २ भाद्र २०७९, बिहीबार ११:४६

काठमाडौं ।सुनको मूल्य बिहीवार प्रतितोला ३ सय रुपैयाँले घढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । बुधवार उक्त सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य बिहीवार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Next Post

नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुन्छ–कृष्णभक्त पोखरेल

२ भाद्र २०७९, बिहीबार ११:४६
काठमाडौं । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका छन् । उनले राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक […]