हेर्नुहोस् आजको राशिफल

सुर्खेत। आजको पात्रोः आज ५ भदौ, २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको २१ तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी तिथि, बणिज करण, मृगशिरा नक्षत्र, हर्षण योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ५:३७ मा हुनेछ भने सूर्यास्त ६:३७ मा हुनेछ ।

मेष
आजको दिन स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला । कसैको अहित हुने काम पनि नगर्नुहोला ।

वृष
वृष राशिका जातका लागि व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी  हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ । मनमा चिन्ता र भय हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुनधनलाभ र नयाँ सुखद खबरले तपाईलाई हर्ष छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला ।

कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई माया गर्नेछन्। कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

 कन्या
आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।  नयाँ र सत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । चन्द्रमाको साथ रहेको छ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला ।

वृश्चिक
विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हटने छ ।

 धनु
सन्तानबाट सुख परिवारको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

 मकर
ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

 कुम्भ
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनहरुको साथ सहयोग पाउनुहुनेछ ।

मीन
विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।