हुम्लामा २२ जनामा कोरोना संक्रमणको पुष्टि

हुम्ला । हुम्लामा छ महिनापछि कोरोना पुष्टि भएको छ ।परीक्षणका क्रममा एक जना चिकित्सक सहित २२ जनालाई कोरोना पुष्टि भएको छ ।लामा समयपछि कोरोनाको लक्षणसँग मिल्ने रुघाखोकी तथा ज्वरोका बिरामीलाई परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । स्वास्थ्य सेवा कार्यालयबाट ४७ जनाको परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सक कैलाश लामा सहित नौ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको छ ।कर्मचारी तथा अन्य १३ जना सर्वसाधारणलाई पनि कोरोना देखिएको छ ।  एक्कै चोटी ठुलो सङ्ख्यामा कोरोना देखिएपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि घटेको अस्पतालले जनाएको छ ।