१८ वर्षीया किशोरी बलात्कृत

झापा।  झापामा एक जना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–५ बस्ने २६ वर्षीय तिर्थराज गेलाललाई शनिबार पक्राउ गरेको छ ।

गेलालले ती किशोरीलाई गत बुधबार ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।