कालीकोटमा रैथाने बाली संरक्षण गर्न जुट्दै किसान

कालीकोट । कालीकोटमा लोपोन्मुख अवस्थामा छ । त्यसैले कालीकोटका किसान लोपोन्मुख रैथाने बाली संरक्षण गर्न जुटेका छन् । कालिकोटमा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् ।

यसवर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले दिएका छन् । परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा खेती गरिएको उनको भनाइ छ । स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेको छ ।रैथाने बालीको माग बढ्न थालेपछि किसाहरु संरक्षणमा जुटेका हुन् ।