२०८२ माघ २ , शुक्रबार

मुगुमा पर्वोत्सव सहुलियत खाद्यान्न पसल सञ्चालनमा ल्याइयो




मुगु ।मुगुमा असोज १ गतेबाट पर्वोत्सव सहुलियत खाद्यान्न पसल सञ्चालनमा आएको छ । नेपालीहरुको महाव चाड वडा दशैँ–तिहार र छठ पर्व नजिकिँदै गर्दा खाद्य ब्यापार तथा व्यापार कम्पनी लिमीटेड शाखा मुगुले असोज १ गतेदेखि कार्तिक १५ गते सम्मका लागि मुगुको सदरमुकाम गमगढीमा पर्वोत्सव सहुलिएत खाद्यान्न पसल सन्चालनमा ल्याएको हो ।

कम्पनीको शाखा कार्यालय मुगुबाट साबिकको खाद्यान्न प्रति केजीमा वितरण गरीएको बासमती चामल रु ११२, जिरा चामल रु ६८, सोना मसुली चामल रु ५२,अरुवा मध्य चामल ५१,अरुवा मकवानपुर रु ५०,अरुवा मोटो ४९ र दाल रु १६६ बाट सस्थानको नियम अनुसार प्रति के।जीको रु ७ प्रतिशतका दरले छुट वडा दशै तिहार र छट पव सम्मको लागि १५ सय क्वान्टल खाद्यान्न र दात बितरण गरीर्ने छ ।

प्रकाशित मिति : २०७९ असोज २ गते आइतबार