दाङमा बस दुर्घटना, २२ जना बढी घाइते

दाङ । बस दुर्घटना हुँदा दाङमा २२ जना बढी यात्रु घाइते भएका छन् ।घोराही–लमही सडकखण्ड अन्तर्गत घोराहीबाट लमहीतर्फ जादै गरेको रा १ ख १८४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टा स्थीत भैसहवा खोलाको ओरालोमा अनियन्त्रित भएर बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बस चालकसहित २२ जना घाइते भएको जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइतेहरुको उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको छ ।