सुर्खेतको सिम्तामा मतदान पुन: सुरु

  ।   ६ मंसिर २०७९, मंगलवार १०:५८

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।

Next Post

कर्णालीमा कसको अग्रता ?

६ मंसिर २०७९, मंगलवार १०:५८
सुर्खेत । कर्णालीका १० जिल्लामध्ये ४ जिल्लामा मतगणना जारी रहदा रुकुमपश्चिम र कालिकोटमा मतगणना सुरु भएको छ । अन्य ४ जिल्लाको मतगणना भने सुरु हुन सकेको छैन । सुर्खेत २, दैलेख, सल्यान र जुम्लामा मतगणना जारी छ । जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकिकृत समाजवादी […]