दैलेखमा घडेरी खन्ने क्रममा सकेट बम फेला

सुर्खेत । दैलेखमा घडेरी खन्ने क्रममा सकेट बम फेला परेको छ। जिल्लाको गुराँस गाउँपालिका–१ खडकाबाडा नजिक उक्त बम फेला परेको हो।

सोमबार बिहान साढे नौ बजेको समयमा खडकवाडा स्थित रतनबहादुर महतले घर बनाउने घडेरी खन्ने क्रममा बम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पुरानो ट्वाइलेटको सेफ्टी ट्याङ्की भित्र सकेट बम फेला परेको हो ।