जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–९ लाई बालमैत्री वडा घोषणा गरिएको छ। शनिबार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो।
आवश्यक सबै सूचक पूरा भएपछि स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो।
यसअघि यही पालिकाको वडा नम्बर १ लाई २०७८ चैत १२ मा बालमैत्री वडा घोषणा गरिएको थियो । घोषणासँगै यो वडा गाँउपालिकाको दोस्रो र जिल्लाकै तेस्रो बालमैत्री वडा बनेको छ।
जाजरकोट प्रदेश ‘क’ का प्रदेशसभा सदस्य वेदराज सिंहले पानसमा बत्ती बालेर बालमैत्री वडा घोषणा गरेका हुन्।

प्रकाशित मिति : २०७९ पुस २ गते शनिबार








