कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने

सुर्खेत । कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ। कर्णाली प्रदेश सभाका जेष्ठ सदस्य विनोद कुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेका हुन् ।

उनले प्रदेश सभा ०७९ को नियमावली ७ बमोजिम निर्वाचन तोकेका हुन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा शाहले कर्णाली प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिक सुचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।

यस्तै, बैठक माघ १ गते दिउँसो १ बजेका लागि स्थगित गरिएको छ ।