कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज शपथ लिँदै

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गदैँ छन् ।

बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार बिहीबार दिउँसो चार बजे शपथ ग्रहणको कार्यतालिका तय रहेको छ ।