पोखरामा यती एयरको जहाज दुर्घटना

काठमाडौं । पाेखरामा यति एयर जहाज दुर्घटना भएको छ ।काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटना भएको हाे । ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त रहेको प्रहरीले बताएको छ ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको बताइएको छ । विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयास भैरहेको छ ।