आज यति एयरलाइन्सका सबै उडानहरू स्थगित

काठमाडौं । यति एयरलाइन्सले आजका लागि तय भएका सबै उडानहरू स्थगित गराएकाे छ । हिजो उक्त विमान कम्पनीको चालक दलका सदस्यसहित ७२ यात्रु बोकेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा ज्यान गुमाएका यात्रुको शोकमा यतिले आज सम्पूर्ण उडान स्थगित गरेको हो। यद्यपि आपत्कालीन र उद्धारका उडान भने हुने कम्पनीले जनाएको छ।

पछिल्लो अपडेटअनुसार विमान दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। चार जनाको अवस्था अझै अज्ञात छ। यस्तै आज विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा सरकारले सार्वजनिक शोक बिदा दिएको छ।