कणाली सरकारले आर्थिक बर्षमा पुरानै शैलीमा वित्तीय प्रगति

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० को पौष मसान्तसम्म निराशाजनक वित्तीय प्रगती गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार गत साउनदेखि पौष मसान्तसम्म ९.८० प्रतिशत विकास खर्च गरेर विगतकै आर्थिक बर्षकै नियति दोहो¥याएको छ ।

वार्षिक १९ अर्व ४५ करोड १९ लाख वार्षिक विकास वजेट रहेकोमा पुष मसान्तसम्म १ अर्ब ७६ करोड ६२ लाख १२ हजार ६८८ रुपैयाँ मात्रै बजेट खर्च भएकोमा प्रदेश सरकारले पुष महिनामा ३ दशमलव २४ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको हो ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार पुष मसान्तसम्म प्रदेश सरकारले कुल वजेटको ४ अर्ब २५ करोड ४१ लाख ५५ हजार १ सय ३३ अर्थात १३.०४ प्रतिशत वजेट खर्च गरेको छ । ८ वटा मन्त्रालय रहेको कर्णालीमा पुष महिनामा आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक रुपैयाँ पनि खर्च गर्न सकेन । मन्त्रालयसँग ४ करोड ४४ लाख १० हजार विकास बजेट रहेको छ । यो मन्त्रालयले मंसिर मसान्तसम्म २.६८ प्रतिशत अर्थात ११ लाख ८९ हजार ३१ रुपयौंया खर्च गरेको छ ।

यस्तै, १० करोड २२ लाख ३७ हजार बार्षिक विकास बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ महिनामा ४४ लाख ५३ हजार २०३ अर्थात ४.३७ प्रतिशत बजेट खर्च गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि पौष महिनामा अपेक्षाकृत बजेट खर्च गर्न सकेन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २.७७ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयसँग १ अर्ब २० करोड भन्दा बढी बार्षिक विकास बजेट रहेको छ । आर्थिक मामिला तथा सामाजिक विकास मन्त्रालय सबैभन्दा धेरै बजेट खर्च गरेको छ । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालय ८.२५ प्रतिशत बजेट खर्च गरको छ ।