सुर्खेत प्रशासनले पूर्ण समयमा व्यवसाय सञ्चालन गर्न आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले हाेटल, रेष्टुरेन्ट र बारहरु राति ११ बजेसम्म संचालन गर्न पाइने सूचना प्रकाशन गरेकाे छ ।

मंगलबार गृह मन्त्रालयको पूर्ण व्यावसाय संचालन सम्बन्धि कार्यविधी, ०७९ अनुसार क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लाउन्ज तथा बारहहरु, मदिरा बिक्री वितरण गर्ने पसलहरु, होटल, रेष्टुरेन्ट, कफीसप, खाजा तथा खाना खुवाउने पसल, पान पसललगायतका  सेवाजन्य व्यवसायहरु राती ११ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको  सूचनामार्फत प्रशासनले जानकारी गराएकाे छ ।

यस्तै, फागुन १ गतेभित्र व्यावसाय संचालन गर्ने व्यावसायीहरुले संचालन अनुमतीका लागि सुचिकृत गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

सूचना