सुर्खेतमा ५ नाल भरुवा बन्दुक फेला

सुर्खेत । सुर्खेतमा भरुवा बन्दुक फेला परेको छ । लेकबेशी नगरपालिका-५ माथिल्लो खल्टाकुरा भन्ने स्थानमा ५ नाल भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी टोली ग्रामिण गस्ती गर्दै जाने क्रममा राष्ट्रिय चौफारी डाँडा जङगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक फेला पारेको हो ।

सो बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय जनाएको छ ।