वीरेन्द्रनगरमा एक हप्ता विद्यालय बन्द गरिँदै

सुुर्खेत । केही दिनयता अत्याधिक गर्मी बढेपछि वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका सबै निजी विद्यालयहरु एक हप्ताका लागि बन्द गर्ने प्याव्सनले निर्णय गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले जेठ २० गते आइतबार देखि हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

केही दिन देखि बढी रहेको अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको तथा पठनपाठन गर्नमा असहज भईरहेको गुनासोपछि विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले जानकारी दिए ।

यस्तै , वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्याधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी भइरहेको जानकारी दिए ।