सुर्खेतमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

सुर्खेत । रत्न राजमार्ग अन्तर्गत ठुलो बिउरेनी नजिकै ट्याक्टर दुर्घटना भएको छ । बुधबार ट्याक्टर दुर्घटना हुँदा एकजना मृत्यु भएको छ दुईजना जना घाइते भएका छन् ।

बिउरेनि देखि वीरेन्द्रनगर आउदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडक २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरि नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

लेकवेसी नगरपालिका ९ का १५ बर्षीया जितेन्द्र नेपालीको उपचारका क्रममा मृत्यु भएको शाहीले जानकारी दिएका छन् ।

यस्तै, चिङ्गाड गाउँपालिका ९ का १५ बर्षीया सन्दिप सुनार र वीरेन्द्रनगर नगरपालिका ११ का २८ बर्षीया जीवन बादि घाइते रहेका छन् ।
घाइतेको उपचार माया नर्सिङ होममा भइरहेको छ ।