प्रधानमन्त्री प्रचण्डले आफै एमालेलाई खाेज्दै आएका हुन्: सचिव भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव याेगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफै एमालेलाई खाेज्दै आएका बताएका छन् ।

शनिबार प्रेस चाैतारी नेपाल, कर्णाली प्रदेश समितिले आयाजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै भट्टराईले प्रधानमन्त्री प्रचण्डका पाँच वर्षमा आधा-आधा कार्यकाल प्रधानमन्त्री बन्ने प्रस्ताव राखेकाे जानकारी दिए ।

उनले भने,` राष्ट्रपतिकाे कुरा पनि प्रचण्डले आफै दिनु भएको हाे। पुस १० गतेकमाे भाैतिक अवस्था बदलिएकाे छैन्।´

यस्तै, भट्टराईले एमालेले प्रस्तावित गरेकाे राष्ट्रपतिकाे उम्मेदवार सबैकाे साझा उम्मेदवार हुने बताएका छन्।

उनले भने, `एमालेले प्रस्तावित गरेकाे  उम्मेदवार नै राष्ट्रपतिकाे उम्मेदवार हुन्छ। र गठबन्धन भित्र रहेका दलहरुकाे साझा उम्मेदवार हुने छ।´

यस्तै, भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई पराजित गर्न गठबन्धन बनाएर घेराबन्दी गरिएको बताए।

उनले भने, `त्याे गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियाे । त्याे गठबन्धन पुस १० गते साझ टुट्याे। टुट्नु पर्ने थियाे।´

यस्तै, सचिव भट्टराईले मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) दुई महिना अभियान पनि फागुन ५ गतेदेखि सुरु भएको बताए।

उने भने, `पार्टीका ४० जना केन्द्रीय सदस्य नेताहरुलाई  कर्णालीका ७९ पालिकामा खटाएको छ। कर्णालीमा पार्टी उपाध्यक्ष सुवास नेम्वाङले नेतृत्व गर्नुभएकाे छ।
शुक्रबार अभिमुखीकरणा गरेका छाैँ।´ साथै एमालेले याे अभियान जमिन तिर फर्काउने भएको बताए।

उनले भने, ` हामी दश लाख ९२ हजार बढी संगठित सदस्यलाई परिचालन गर्ने छाैँ। हरेक घरका सदस्य सँग पुगेर उनिहरुकाे समस्या गुनासाे, विकास निर्माण, स्थानीय तहले गरेकाे काम  सबैकाे पहिचान ग्रासरूटले गर्नेछ।´

उनलेे थपे, कर्णालीमा ८६ हजार बढी पार्टी सदस्यहरुबाट याे अभियानले सदस्य नविकरण हुन्छ।१ एक ८३ हजार बढी मतदाता छन्। याे संख्या बढाउछा‌ैँ । याे अभियान सकिएपछि हाम्राे पार्टी नयाँ र जवान हुन्छ।´

साथै, भट्टराईले कर्णालीमा राज्यले गर्नुपर्ने काममा केहि कमिकमजाेरि भएको गुनासाे बढेकाे र त्यसकाे पार्टी केन्द्रीय कमिटिलाई ध्यानाकर्षण भएको बताए।