विपरीत सिद्धान्त भएका राजनीति दलले देशलाई गन्तव्यमा पुर्‍याउन सक्दैनन् : भिमबहादुर रावल

सुर्खेत । नेकपा एमालेका नेता भिमबहादुर रावलले नेपालका राजनीतिले गरेको गठबन्धन धेरै समय नटिक्ने ठहर पहिलै नै गरेको बताएका छन् । शुक्रवार सुर्खेत आएका रावलले विपरीत सिद्धान्त भएका राजनीति दलले देशलाई गन्तव्यमा पुर्‍याउन नसकिने टिप्पणी गरेका छन् ।

उने भने, आम निर्वाचनमा लोकप्रिय मतका लागि गठबन्धनका गरियो यो कहिले टिक्दैन भनेर पहिले नै भएको दाबी गरे । रावलले अहिलेको सरकार बन्दा पनि मैले टिप्पणी गरेको थिए यो गठबन्धन पनि टिक्दैन भनेर । तर, यही हुदैछ नेपाली राजनीतिमा ।

यो पनि राष्ट्रको हितमा सैर्यापर्य राखेर एउटा कुनै सिद्धान्त, मुल्यक मान्यताबाट निर्देशन छैन । यसभित्र गम्भीर समस्या छिट्टै उत्पन्न हुनेछ भनेको थिए । राष्ट्रपतिको निर्वाचनमा अहिलेको भएको गतिविधिले आम नागरिक पनि चकित पर्छन् होला रावल भने।

अमुक विदेशीका राजदूतहरू नेताहरूको घर घरमा गएर भैलो खेलिरहेका छन् । यसरी देशको राष्ट्रपति जस्तो संविधानको संरक्षक नेपाली जनताको प्रतीक हुनुपर्ने पदलाई विदेशीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । राष्ट्रपति को बन्ने कुरा विदेशहरू नाम लिएको समाचार माध्यममा सुनेको बताए । यो निर्जल र निन्दनीय रहेको छ।