महिला जेसीसद्वारा कारागारका महिलालाई डस्टवीन वितरण

सुर्खेत । महिला जेसीजले सुर्खेत जिल्ला कारागारमा रहेका महिलाहरुका लागि फोहर व्यवस्थापनका लागि डस्टवीन वितरण गरेको छ ।

बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिला जेसीसले कारागारमा रहेका महिलाहरुलाई १२ वटा डस्टवीन वितरण गरिएको अध्यक्ष सीता भण्डारीले जानकारी दिएकी छन् ।

अध्यक्ष भण्डारीले भनिन्, ‘कारागारमा रहेका महिलाहरुलाइ फाेहाेर व्यवस्थापनका लागि सहज हाेस भन्ने उद्योगीलाई उद्देश्यले डस्टवीन सहयाेग गरेका छाैं । डस्टवीन मात्रै नभएर पानी खाने बोत्तल पनि उपलब्ध गराएका उनले भनिन्, ।

सुर्खेत कारागारमा ४४ जना महिला कैदी बन्दी रहेका छन् । उक्त महिलाहरु सँग पाँच जना बालबालिका साथमा छन् ।

डस्टवीन वितरणमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, उपाध्यक्ष प्रेम रावत, कोषाध्यक्ष आरपी पाण्डे, पूर्व अध्यक्ष धनबहादुर रावत, कारागार कार्यालय सुर्खेतका निरज बस्नेत, सुर्खेत महिला जेसीजका पूर्व अध्यक्ष शुष्मा गिरी, कृति गुभाजु शाक्य, लक्ष्मी गुरुङलगायतको सहभागीता रहेको थियो ।