मुगुमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

सुर्खेत । मुगुमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मुगुको सोरु गाउँपालिका–९ मा भे १ त ९६५२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। फेस नेपाल संस्थाले किसानलाई वितरण गर्ने अदुवा र वेसारको विउ लोड गरि गमगढीबाट खन्यातर्फ जाँदै गरेको ट्याक्र दुर्घटना परेको प्रहरीले जनाएको छ।

 

चालक मुगु छाँयानाथ रारा नगरपालिका–४ छत्यालवाडाका ३६ वर्षीय भुपिचन्द्र परियारले चलाई लगेको ट्याक्टर एकासी ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ।

दुर्घटनापछि ट्याक्रमा सवार तीन जना घाइते भएका र घाइतेको सामान्य उपचारपछि उनिहरुको डिष्चार्ज भएको प्रहरीले जनाएको छ।