सुर्खेत । कर्णाली प्रदेशको राजधानीको वीरेन्द्रनगरमा आज देखि माइक्रो वस सेवा सञ्चालन भएको छ । पहिलो पटक वीरेन्द्रनगरमा माइक्रो वस सेवा सुरु भएको हाे ।
वीरेन्द्रनगरकाे फोरलेन सडकको धुलियाविटबाट मंगलगढी–यरिचोकहुँदै मुलपानी चोकदेखि प्रदेश अस्पताल भएर बाँगेशीमलसम्म पुग्नेगरी माइक्रो गाडी सञ्चालन गरिएको छ । यात्रुहरुलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपैयाँ कायम गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नगरबासीका लागि माइक्रोबस सेवा आरम्भ भएकोमा खुसी व्यक्ति गरेकि छन् । वीरेन्द्रनगरका नागरिककाे आवश्यकताअनुसार नगर माइक्रोबस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताइन् ।
´सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा हामी पूर्णरुपमा लागिपरेकाे छाैँ । बसपार्कलाई अझै फराकिलो र पार्किङका लागि वीरेन्द्रनगरले नयाँ याेजना ल्याउने साेचेका रहेका छाैँ प्रमुख ढकाल भनिन् ।,
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
त्यस्तै, सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले वीरेन्द्रनगर भ्याली भित्र १० वटा माइक्रो वस सञ्चालन जानकारी दिएका छन् ।
आउने दिनहरुमा नगर माइक्रो सेवा मंगलगढी–काँक्रेविहार, मंगलगढी–एरपोट चोक–बामेखोला, मंगलगढी–गणेशचोक–आँखा अस्पतालचोकहुँदै कालिन्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाँगेशीमल रुट थप गरिनेछ । साथै, गणेश चोक–कारागार–टेलिकमहुँदै कपासे रुट समेत थप गरिने सापकोटाकाे भनाइ छ ।
![](https://aksanchar.com/wp-content/uploads/2024/09/bulbule-Gift-Corneer.gif)
ए.के. सञ्चार । १ असार २०८०, शुक्रबार १३:५२