मुगुमा आगलागी: आगलागी हुनुको कारण यस्तो ?

सुर्खेत । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा ६ वटा घर एक वटा घुम्ती जलेर नष्ट भएका छन् । गए राति साढे १ बजे आगलागी हुँदा ६ वटा घर एक वटा घुम्ती जलेको हो ।

छायानाथ नगरपालिका९२ भित्र पर्ने कालिका मालिका मन्दिरदेखि उत्तरतर्फका गमगढी बजार क्षेत्रमा आगलागी शनिवार बिहान ६ बजे मात्रै आगो नियन्त्रणमा आएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिए ।

स्थानीय नरेश शाहीको घरमा घरबाट सुरु भएको आगो अन्य ५ वटा घर एक घुम्ती पूर्ण रूपमा क्षेत्री भएको हो । शाहीको घरमा रहेको कम्प्युटरमा बिद्युत् सट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको थापाले बताए ।

आगलागी हुँदा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भएर डिस्चार्ज भएको थापाले भने,सबै घरमा कम्प्युटर पसल, फेन्सि, होटेल रहेका थिए, होटेलमा रहेका ग्यास सिलिन्डरका कारण र सबै जस्तो घर काठले बनेको हुँदा आगो नियन्त्रणमा धेरै समय लाग्यो। बजारमा एक लाख लिटरको पानी ट्याङ्की भएको हुँदा पनि आगो नियन्त्रणमा गर्न सहज भयो।,

आगलागीका कारण मानवीय क्षति नभए पनि लाखौँ रकम बराबरका धनमाल क्षति भएको छ । आगो नियन्त्रण सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय ६ घण्टामा गरेका थिए ।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिएका छन् । मध्यरातमा अचानक आगो के कसरी लाग्यो रु भन्ने विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । यसको थप विवरण आउन बाँकी छ ।

आगलागी के कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको र आगलागीबाट के कति क्षेत्री भयो भन्ने बारे सङ्कलन भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।