मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिए ।

उनका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि बताए । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ ।