कर्णालीमा तीन मन्त्रीले बुझाए मुख्यमन्त्री शर्मालाई राजीनामा

सुर्खेत । कर्णालीमा नेपाली कांग्रेसका तीन मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा-पत्र बुझाएका छन्।

साेमबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने घाेषणा गरेका कांग्रेसका तीन मन्त्रीले मुख्यमन्त्री शर्मा समक्ष राजीनामा-पत्र बुझाएका हुन्।

कर्णालीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा बेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी मन्त्री थिए।

उनिहरू तीनै जनाले संयुक्त रूपमा राजीनामा दिएका हुन्।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए।