एमाले र माओवादीकाे कुरा नमिलेपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।


नेकपा माओवादी र एमालेका शीर्ष नेताहरुबीच वार्ता चलिरहेको हुँदा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘निधारित समयभन्दा २ घण्टासम्म बैठक बसाल्न नसकेमा सभामुख त्यो बैठकलाई अर्काे दिनका लागि सार्न सक्ने हाम्रो नियम छ । यसैमा रहेर हामीले बैठक सारेको हो ।’

बैठक बुधबार (भोलि) ३ बजे बस्ने छ ।